काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । बुधबार हाइड्रोपारको विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा आइपीओ बाँडफाँट गरेको क्यापिटलले जनाएको छ । गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले चैत ११ गतेदेखि २२ गतेसम्म आईपीओ निष्काशन गरेको हो । यस भन्दा पहिले कम्पनीले स्थानीय बाँसि र बैदेशिक रोजगारीमा गएकालाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।



