काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल घरेलु टोली ब्राजिल र पेरु बीच हुदैछ ।
नेपाली समय अनुसार बिहान ४:४५ बजे खेल शुरु हुनेछ । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले पराजित गरेको थियो ।
पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यस संस्करणमा पनि यी दुई टोली एउटै समूहमा परेका थिए । समूह बी मा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको थियो ।
ब्राजिलले ९ पटक कोपा अमेरिकाको उपाधि जितिसकेको छ ।
पेरुले भने दुई पटक उपाधि जितिसकेको छ ।
ब्राजिल र पेरुबीच अहिलेसम्म कुल ४९ खेल हुँदा ब्राजिलले ३५ खेल जितेको छ । पेरुले ५ खेल मात्र जित्दा ९ खेल बराबरीमा सकिएको थियो ।



