काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र कालिका लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बानेश्वर भोज, थापागाउँमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । ३ सञ्चालकको निर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ ।
त्यसैगरी, नसन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौंमा दिउँसो ४ः३० बजे बस्ने भएको छ । सो कम्पनीले कम्पनीको दर्ता कार्यालयको ठेगाना परिवर्तन,लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।
त्यस्तै, कालिका लघुवित्तले होटल टास्क इन्टरनेशनल प्रा.लीमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित गर्ने, निर्देशकको निर्वाचन गर्ने, शेयर संरचनाको रूपान्तरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा राखेको छ ।



