images
images

मकर जितुमाया हाइड्रोपावरको आईपीओ बाडँफाटँको मिति तोकियो, कति जनाले पाउँछन् ? 


  • 435
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    मकर जितुमाया हाइड्रोपावरको आईपीओ बाडँफाटँको मिति तोकियो, कति जनाले पाउँछन् ? 

    काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाडँफाटँको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भोदी अथात् चैत २९ गते वुधबार बाडँफाटँ हुने भएको छ । आईपीओ सदउँसो १ः३० बजे बाँडफाँट हुने विक्री प्रबन्धकले जनाएको छ । 

    यसमा मागभन्दा ११।११ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख २५ हजार ८ सय ४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ३३ हजार ७ सय ३० जनाले मात्र सेयर हात पार्नेछन् । ११ लाख ९२ हजार १ सय १७ जनाको भने हात खाली हुनेछ ।

     
    हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत (८० हजार कित्ता सामूहिक लगानी कोष) र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १३ लाख ३७ हजार ३ सय २ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 


    images
    images

    Logo