काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । मंगलबार बिजय लघुवित्त, नयाँ सारथी लघुवित्त र किसान लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमा बिजय लघुवित्तले विजय विकास श्रोत केन्द्र, गैडाकोटमा बिहान ११ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, नयाँ सारथी लघुवित्तसँग मर्जरका लागि १ः१ को शेयर स्वाप अनुपात अनुमोदन गर्ने, शेयर संरचना परिवर्तन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यसैगरी, नयाँ सारथी लघुवित्तको साधारणसभा डेहोटल जुगल, धुलिखेलमा दिउँसो १ बजे बस्ने भएको छ । सो कम्पनीले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
विजया लघुवित्तसँग मर्जरका लागि १ः१ को शेयर स्वैप अनुपात अनुमोदन गर्ने, एफपीओ जारी गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।
त्यस्तै, किसान लघुवित्तले याकेट इभेन्ट्स, बुढानिलकण्ठ, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पारित गर्ने, एफपीओ जारी गर्ने, शेयर संरचनाको रूपान्तरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ ।



