images
images

दोल्ती पावर कम्पनीको आईपीओ आजदेखि, क-कस्ले दिने आवेदन ?


  • 310
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    दोल्ती पावर कम्पनीको आईपीओ आजदेखि, क-कस्ले दिने आवेदन ?

    काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १० लाख ७२ हजार ९ सय ७२ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १ लाख ७ हजार २ सय ९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।  बाँकी रहेको १२ लाख ७१ हजार ८ सय ६१ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा आगामी वैशाख ३ गते हुनेछ भने ढिलोमा वैशाख १२ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।


    images
    images

    Logo