images
images

नेप्सेमा सामान्य अङ्कको सुधार


  • 292
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    नेप्सेमा सामान्य अङ्कको सुधार

    काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५ ‍.५४ अङ्कले बढेर १ हजार ८ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।

    आज २ सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार ८ सय ६३ कित्ता शेयर ३५ हजार ५ सय ४९ पटक खरिदबिक्री हुँदा ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त समूह १.६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३.५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१.०६ अङ्कले बढेको छ ।
     
    त्यस्तै, बैंकिङ समूह चार दशमलव १३, विकास बैंक समूह १८.१५, जलविद्युत् समूह ५ दशमलव ९६, लगानी समूह ०.०९ र जीवन बीमा समूह १६.१६ अंकले बढेको छ । नेप्सेका अनुसार आज उत्पादन तथा प्रशोधन समूह १४.१४, लघुवित्त समूह ६.६९, म्युचुअल फन्ड समूह ०.०८, अन्य समूह ०.५४ र व्यापार समूह २६.९२ अङ्कले बढेको छ ।

    आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ५४ प्रतिशतले घटेको छ ।  

    कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै ६ करोड ८४ लाख १८ हजार ६ सय ४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा मिडिल तमोरको २ लाख ६ हजार २ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।


    images
    images

    Logo