काठमाडौं । नेपाल बीमा प्राधिकरणले २ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिने भएको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
यसरी लाइसेन्स पाउने कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् । यी दुवै कम्पनीहरुले लघु बीमा सञ्चालनका लागि चाँहिने पुँजी पुरा गरेकाले उनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ । अब उक्त दुई कम्पनीले आगामी छ महिनाभित्रमा कारोबार सुरु गर्नुपर्नेछ ।
लघु बीमा कम्पनी सञ्चालनका लागि प्राधिकरणको अनुमति पाएकामध्ये उक्त २ कम्पनीले लाइसेन्स पाएका छन् भने बाँकी कम्पनीले तोकिएको पुँजी पुरा गर्न नसकेकाले उनीहरुले लाइसेन्स पाएका छैनन् ।
प्राधिकरणले पूँजी पुर्याउन नसकेका लघुबीमा कम्पनीहरुलाई ४५ दिन समय थप गरेको छ ।



