काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदैछ । सोमबार नेपाल आयल निगम र बाराही हाइड्रोपावरले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा पाल आयल निगमले द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौंमा दिनको ३ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २०७८/७९ को वित्तीय हाइलाइटहरू पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।
त्यस्तै, बाराही हाइड्रोपावरले अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट प्रा. लि., बत्तीसपुतलीमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २०७८/७९ को वित्तीय हाइलाइटहरू पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, ४ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका एजेण्डा रहेका छन् ।