काडमाडौं । भुगोल इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल १० लाख ८८ हजार १ सय ७ कित्ता निष्काशन गर्न लागेको छ । जसमध्ये १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि रकर्मचारीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९ सय १६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरि बाँकी रहेको १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



