काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । ङादी ग्रुप र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
ङादी ग्रुपको ४.७५ प्रतिशत बोनस बापत हुने ८ लाख ३९ हजार ४८२.२२५ कित्ता शेयर र श्री इन्भेष्टमेन्टको २.४० प्रतिशत बोनस बापत हुने २ लाख ३० हजार ८२ कित्ता शेयर सूचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोवारका लागी योग्य भएको छ ।