images
images

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई आजदेखि


  • 307
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई आजदेखि

    काडमाडौं । सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ आजदेखि निष्काशन हुन्दैछ । सिद्धार्थ क्यापिटलले कुल १२ करोड इकाई निष्काशन गर्न लागेको हो।

    कुल निष्काशित इकाइ मध्ये १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । 

    सो फण्डमा लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा  २०८० बैशाख १० गते हुनेछ । 

    योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo