काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ४१.७७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ । यस साता ५ कारोबार दिनमध्ये १ कारोबार दिन बजार बढेको थियो भने ४ कारोबार दिन घटेको थियो ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २.१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता घटेर २७ खर्ब ४ अर्बमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार २० अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब १६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको थियो । त्यस्तै, सोमबार १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशमलव ८८ विन्दुमा पुगेको थियो । सो दिन ९१ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन नेप्सेसँगै कारोबार रकम पनि गिरावछट आएको थियो ।
त्यस्तै, मंगलबार ५.२० विन्दुले घटेर १ हजार ८ सय ६६ दशमलव ६८ विन्दुमा पुगेको थियो । सो दिन ८८ करोड २२ विन्दुमा पुगेको थियो । त्यस्तै, तेस्रो दिन बुधबार ८.३९ विन्दुले बढेर १ हजार ८ सय ७५ दशमलव ७ विन्दुमा पुगेको थियो । सो दिन ७९ करोड ६४ विन्दुमा पुगेको थियो ।
त्यस्तै साताको अन्तिम दिन विहीबार ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमामा झरेको थियो । सो दिन ९२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.३२ प्रतिशत घटेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहके सूचक ३.५६ प्रतिशतले घटेको छ।
यस साता नेप्सेमा ७ कम्पनीको कुल १३ करोड ११ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा एभरेष्ट बैंकको ऋणपत्र रहेका छ भने ३ कम्पनीको बोनस, एक म्युचुअल फण्ड र एक कम्पनीको मर्जपश्चात नेप्सेमा सूचीकृत भएको हो।



