काठमाडौं । एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिका लागि सो ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि १०.७५ प्रतिशत व्याजदरमा निष्काशन गरेको छ ।
कुल निष्काशित ४० लाख कित्ता ऋणपत्र मध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।



