images
images

मेन्छियाम हाइड्रोपावरको आईपीओ वैशाख ४ गतेदेखि, क-कस्ले दिने आवेदन ?


  • 383
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    मेन्छियाम हाइड्रोपावरको आईपीओ वैशाख ४ गतेदेखि, क-कस्ले दिने आवेदन ?

    काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ वैशाख ४ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको छ। जसमध्ये ५ लाख ८२ हजार ५ सय ८३ कित्ता शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै,  कुल कित्तामध्ये १ लाख ८ हजार ५ सय १७ कित्ता वैदेशिक रोजगारका लागि गएका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । 

    त्यस्तै, २२ हजार ४ सय ३९ कित्ता कर्मचारीका लागि र ५६ हजार ९९ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ९ लाख ३४ हजार ९ सय १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपीहोमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस्तो निष्काशन बन्द छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo