काडमाडौं । भुगोल इनर्जीको आईपीओ चैआजदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न हो ।
कम्पनीले कुल १० लाख ८८ हजार १ सय ७ कित्ता निष्काशन गर्न लागेको छ । जसमध्ये १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि रकर्मचारीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९ सय १६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरि बाँकी रहेको १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा आगामी वैशाख ७ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



