काठमाडौं । छ्याङदी हाइड्रोपावरको हकप्रद प्रस्ताव संशोधन भएको छ । मंगलबार बसेको सत्तचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कनीले यस अघि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकोमा अब १०० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने भएको हो ।
कम्पनीले सुरुमा चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । तर कम्पनीको फागुन १२ गते बसेको सत्तचालक समितिले सा प्रस्तावलाई संशोधन गर्दै १ सय ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो र अहिले उक्त प्रस्ताव पुनः संशोधन गरी १०० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने निर्णय कम्पनीले गरेको छ ।
उक्त हकप्रद हेयर विद्युत नियमन आयोगबाट स्वीकृति भए पश्चात नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्काशन हुनेछ।