काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्र चैत २९ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो।
बैंकले कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। जसमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस्तो निष्काशन बन्द छिटोमा वेशाख ४ गते हुनेछ भने ढिलोमा १३ गतेसम्म हुने बैंकले जनाएको छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।



