काठमाडौं । २ कम्पनीको विशेष साधारणसभा आज हुँदैछ । बुधबार आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमा आइएमई जनरल इन्स्योरेन्सले आज लैनचौर भोज, काठमाडौंमा बिहाज ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रुडेन्सियल इन्स्योरेन्ससँग मर्जरका लागि १ः१ को शेयर स्वैप अनुपातको अनुमोदन गर्ने, मर्जरका लागि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने, लेखा परिक्षक नियुक्ती गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले होटल इच्छा, सिमरा, बारामा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो कम्पनीले आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरका लागि १ः१ को अनुपातमा स्वाप रेसियोलाई अन्तिम स्वीकृति दिने, मर्जरका लागि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने, लेखा परिक्षक नियुक्ती गर्ने लगायतका एजेण्डा राखेको छ ।



