काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँको दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो ।
उक्त्त शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ । आज ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जनसमेतको उपस्थिति रहेको थियो ।



