images
images

सिटि होटलको आईपीओ आजदेखि, कस कसले दिने आवेदन ?


  • 551
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    सिटि होटलको आईपीओ आजदेखि, कस कसले दिने आवेदन ?

    काठमाडौं । सिटि होटलको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । 

    होटलले कुल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशित शेयरमध्ये १ लाख ६७ हजार ४ सय कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा वैशाख ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo