काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार विन नेपाल लघुवित्त र आईएमई जनरल इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत भएको हो ।
विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस बापत हुने ६७ हजार ६५० कित्ता शेयर र आईएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशत बोनसबापत हुने १० लाख २० हजार ९९०.८५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।