images
images

२ कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 624
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    २ कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदै छ । सोमबार एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा एनएलजी इन्स्योरेन्सले आम्रपाली भोज, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत  ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्ने, स्वतन्त्र सञ्चालकनिर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ । 

    त्यस्तै, सिक्लेस हाइड्रोपावरले आव्य क्लब, घरीपाटन, पोखरामा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको १०.५२६ प्रतिशत नगद लाभांश पारित गर्ने, सार्वजनिक शेयरधनी समूहबाट संचालकको निर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेका छन् । 


    images
    images

    Logo