images
images

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 264
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २१ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख २० हजार कित्ता निष्काशन गरेको छ। 

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा लगानीकर्ताले १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo