images
images

१९ सय विन्दुबाट तल झर्यो नेप्से


  • 280
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    १९ सय विन्दुबाट तल झर्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आईतवार नेप्से परिसूचक २० अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ५५ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ ।

    आईतवार कारोबारमा आएका २ सय ६० स्क्रिपको ३७ लाख ८७ हजार २ सय ४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय बराबरको शेयर कारोबार भएको छ । गत बिहीवारको तुलनामा शेयर कारोबार रकम बढेको छ ।  

    नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    आईतवार नेप्से परिसूचकमा गिरावट आएपनि कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत घटेको छ । 

    आईतवार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

     


    images
    images

    Logo