काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । यी दुबै कम्पनीले गत बिहीबार अपरान्न ४ बजे मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् ।
दुई संस्थाबीच १ः१ को अनुपात मा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेको सहमति भएको छ ।
यी दुवै कम्पनीले मर्जरका लागि पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर पश्चात लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३८ करोड नाघ्नेछ ।
नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय बिराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।