काडमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल १४ लाख ४९ हजार ४ सय कित्ता निष्काशन गर्न लागेको छ। जसमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको बाँकी रहेको १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा आगामी वैशाख ३ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।