images
images

३ सातामा १४ कम्पनीको ५ करोड ५१ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ?


  • 344
    SHARES
  • २०७९ चैत्र १८ गते शनिबार

    ३ सातामा १४ कम्पनीको ५ करोड ५१ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ?

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जमा चैत महिनाको पहिलो ३ सातामा १४ कम्पनीको ५ करोड ५१ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    नेप्सेमा १४ कम्पनीको ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । यसरी सुचीकृत हुने कम्पनीमा ३ वटा बाणिज्य बैंक, ३ वटा विकास बैंक, ३ वटा हाइड्रोपावर, ३ वटा लघुवित्त र २ इस्योरेन्स कम्पनी रहेका छन् । 


    यो अवधिमाा वाणिज्य बैंकहरु अन्तर्गत सुचीकृत भएका प्राइम कमर्शियल बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआइ बैंक रहेका छन् । यो अवधिकमा सुचीकृत हुने विकास बैंकहरुमा लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा बैंक र मुक्त्तिनाथ विकास बैंक रहेका छन् । 

    हाइड्रोपावर समुह अन्तगर्त विन्ध्बासिनी हाइड्रोपावर, अपी पावर र रिडी पावर कम्पनी रहेका छन् । त्यस्तै, लघुवित्त समुह अन्तर्गत गुँरास लघुवित्त, साधना लघुवित्त, आरएसडीसी लघुवित्त  रहेका छन् । इन्स्योरेन्स समुह अन्तर्गत शिखर इस्योरेन्स र नेको इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    bonus.JPG


    images
    images

    Logo