images
images

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 305
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफँट गरिएको हो । 

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण गरिएको छ । जसअनुसार  ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

    कम्पनीको आईपीओमा कुल १४ लाख ४४ हजार ९ सय ७८ जनाको आवेदन परेको थियो । जसमध्ये ५१ हजार ८ सय २५ जनाको आवेदन रद्द भएको छ भने १३ लाख ९३ हजार १ सय ५३ आवेदकको आवेदन योग्य भएको क्यापिटलले जनाएको छ ।

    कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि कुल ४३ लाख ६८ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरि २ लाख १८ हजार ४ सय  कित्ता सामूहिक लगानी कोषहरुका लागि र १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ३५ लाख ८१ हजार ७ सय ६० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो।


    images
    images

    Logo