काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज बाँडफँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज ३ः३० बजे बाँडफँट गर्न लागेको हो ।
आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले कुल ४३ लाख ६८ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरि २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषहरुका लागि र १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ३५ लाख ८१ हजार ७ सय ६० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो।
सोही आईपीओ आज बाँडफाँट गर्न लागिएको हो ।



