images
images

२ कम्पनीको साधारणसभा आज, के-के छन् एजेण्डा ?


  • 466
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    २ कम्पनीको साधारणसभा आज, के-के छन् एजेण्डा ?

    काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदै छ । शुक्रबार सांग्रिाला डेभलपमेन्ट बैंक र कान्तिपुर टेलिभिजन नेटवर्कले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेको कम्पनीमा कान्तिपुर टेलिभिजन नेटवर्कले विशेष साधारणसभा बोलाएको हो भने  सांग्रिाला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको हो । 

    सांग्रिाला डेभलपमेन्ट बैंकले आज लैनचौर भोज, काठमाडौंमा बिहाज १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ८.५३४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, कान्तिपुर टेलिभिजन नेटवर्कले कम्पनीको प्रधान कार्यालय, तिनकुने, काठमाडौंमा दिउँसो १ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्ने लगायतका एजेण्डा राखेको छ । 


    images
    images

    Logo