images
images

३ कम्पनीको साधारणसभा आज हुँदै, कसको के-के छन् एजेण्डा ?


  • 745
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    ३ कम्पनीको साधारणसभा आज हुँदै, कसको के-के छन् एजेण्डा ?

    काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । बिहीवार प्रुडेन्सियल इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र नेशनल हाइड्रोपावरले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेको कम्पनीमा प्रुडेन्सियल इन्स्योरेन्सले दियालो लर्ड्स प्लाजा, वीरगन्ज, पर्सामा बिहाज ११ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.१७५ प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, मनकामना स्मार्ट लघुवित्तले होटल पौवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो १ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ । 

    त्यसैगरी, नेशनल हाइड्रोपावरको साधारणसभा डेलीश ओपेरा रेस्ट्रो र भोजमा बिहान ११ बजे बस्ने भएको छ । सो कम्पनीले वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ । 


    images
    images

    Logo