काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ दरका कुल २५ लाख ८० हजार आईपीओ ल्याउने भएको हो ।
उक्त शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। मर्चेन्टको हात्तीसारस्थित कार्यालयमा बुधबार बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा मर्चेन्टबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।