काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको छ । साताको तेस्रो दिन नेप्सेमा ४० लाख ७७ हजार ७ सय ७८ कित्ता शेयर १ अर्ब ४४ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । सोमबार बजारमा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।
आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये १ सय ४२ वटाको शेयरमूल्य बढेको, ६७ वटाको शेयरमूल्य घटेको र ७ वटाको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहमध्ये १० वटाको सूचक बढेको छ ।
मंगलबार कारोवारमा आएको एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर रहेको छ । सृजनशील लघुवित्त र एशियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज सबैभन्दा धेरै रकमको कारोवार आईएमई जनरल इन्स्योरेन्सको रहेको छ ।



