काठमाडौं । सिद्धाथ बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी विनोद कुमार खेतान र सुधा अग्रवालको नाममा रहेको कुल १ लाख १४ हजार ८ सय १३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तीसार काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।