काठमाडौं । २ लघुवित्तले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । सोमवार ५ बजे डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् ।
आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्जरमा जाने भएका छन् । मर्जर पश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुने कम्पनीले जनाएको छ ।
यी दुबै कम्पनीले आपसमा मर्जरमा जानको लागि असोज १४ गते समझादारी पत्रमा हस्ताक्षर गरेका थिए ।