images
images

नेप्सेमा १८ अंकको उछाल, कारोवार रकम १ अर्ब ३८ करोड


  • 230
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    नेप्सेमा १८ अंकको उछाल, कारोवार रकम १ अर्ब ३८ करोड

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन नेप्सेमा ४३ लाख ८ हजार ६ सय ४५ कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । आइतबार नेप्सेमा १ अर्ब २८ करोड बराबरको कारोवार भएको थियो । 

    सोमबार कारोवारमा आएका २ सय १५ कम्पनीमध्ये १६७ वटाको शेयरमूल्य बढेको, ४४ वटाको शेयरमूल्य घटेको र ४ वटाको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य १२ वटाको सूचक बढेको छ । 

    आज कारोवारमा आएका एक एक कम्पनीको शेयरमूल्यमा सकारात्मक र नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपरमाई हाइड्रोपावर र नकारात्मक सर्किट लाग्नेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त रहेका छन् । एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । 

    हिमालयन डिस्टिलरीको कारोवार आज सबैभन्दा उच्च छ । 


    images
    images

    Logo