काठमाडौं । दुई क्यापिटलले नयाँ म्युचुअल फण्ड निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसरी अनुमति पाउनेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाइ निष्काशनको लागि अनुमति पाएका हुन् ।
सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सिटीजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्काशन गर्नका लागि चैत ५ गते सेबोनबाट स्वीकृति पाएको हो । यसको विक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । याे बन्दमुखी याेजना हाे ।
त्यसैगरी आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्काशन गर्न सेबोनबाट चैत ५ गते स्वीकृति पाएको हो । यसको विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । याे बन्दमुखी याेजना हाे ।



