images
images

सिटि होटलको आईपीओ निष्काशनको मिति तोकियो, सर्वसाधारणले कहिले दिने आवेदन ?


  • 1.0K
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    सिटि होटलको आईपीओ निष्काशनको मिति तोकियो, सर्वसाधारणले कहिले दिने आवेदन ?

    काठमाडौं । सिटि होटलले आईपीओ निष्काशनको मिति तय गरेको छ । होटलले सो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

    उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत २१ गतेदेखि  वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्स भने र्वसाधारणले आगामी वैशाख २५ गतेदेखि छिटोमा २८ गतेसम्म र ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    होटलले कुल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशित शेयरमध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि  १ लाख ६७ हजार ४ सय कित्ता छुट्याइएको छ । त्यस्तै ८३ हजार ७ सय कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९ सय ६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ताका लागि  सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo