काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस वितरण गरेपछि नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
समायोजनपछि उक्त कम्पनीको एक कित्ता शेयरको मूल्य ५९१.८२ रुपैयाँ हुन गएको छ । आइतबार बजारमा ६५१ रुपैयाँमा अन्तिम कारोवार भएको उक्त कम्पनीको शेयर सोमबारबाट समायोजनपछिको मूल्यमा कारोवार हुनेछ ।