images
images

नेप्सेमा २७ अंकको गिरावट, ३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट


  • 243
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    नेप्सेमा २७ अंकको गिरावट, ३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर १ अर्ब २८ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । बिहिबार नेप्सेमा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो । 

    आइतबार कारोवारमा आएका २१४ कम्पनीमध्ये १९ वटाको शेयरमूल्य बढेको, १९३ वटाको घटेको र २ वटाको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहमध्ये सबैको सूचक घटेको छ । 

    आज कारोवारमा आएका ३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त र यूनिक नोनल लघुवित्त रहेका छन् । मायाखोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । 

    आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोवार भएको छ ।  


    images
    images

    Logo