images
images

एनएमबि बैंकको ऋणपत्र चैत २१ गतेदेखि, कति छ व्याजदर ?


  • 374
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    एनएमबि बैंकको ऋणपत्र चैत २१ गतेदेखि, कति छ व्याजदर ?

    काठमाडौं । एनएमबि बैंकको ऋणपत्र चैत २१ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि सो ऋणपत्र निष्काशन गर्न लागेको हो । 

    बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि १०.७५ प्रतिशत व्याजदरमा निष्काशन गर्न लागेको छ । 

    कुल निष्काशित ४० लाख कित्ता ऋणपत्र मध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी१६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

    उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । साे ऋणपत्रमा छिटोमा चैत २४ गतेसम्म र ढिलाेमा आगामी बैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।


    images
    images

    Logo