काठमाडौं । सिद्धार्थ क्यापिटले सिद्धार्थ इन्भेष्टमेण्ट गोथ स्किम ३ चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो।
सोमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकार्य कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २०८० बैशाख १० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। याे योजनाको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



