images
images

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ चैत १९ गतेदेखि, सर्वसाधारणले आवेदन दिन सक्ने


  • 676
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ चैत १९ गतेदेखि, सर्वसाधारणले आवेदन दिन सक्ने

    काडमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ चैत १९ गतेदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल १४ लाख ४९ हजार ४ सय  कित्ता निष्काशन गर्न लागेको छ। जसमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको बाँकी रहेको १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा आगामी वैशाख ३ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo