काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि आईपीओ निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
सो कम्पनीले कुल ४३ लाख ६८ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये ४ लाख ३६ हजार ८ सय कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषहरुका लागि र १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी रहेको ३५ लाख ८१ हजार ७ सय ६० कित्ता आईपीओ सर्वसाधारणका छुट्याईएको छ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।



