images
images

४ कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 349
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    ४ कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । ४ कम्पनीको साधारणसभा आज हुँदै छ । शुक्रवार साल्ट ट्रेडिङ कर्पोरेशन, छिमेक लघुवित्त, साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा साल्ट ट्रेडिङ कर्पोरेशनले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा दिउँसो १२ः१५ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश पारित गर्ने,लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, छिमेक लघुवित्तले होटल समाना प्रालि, हेटौंडामा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ३.२६ प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ । 

    त्यसैगरी, साना किसान लघुवित्तको साधारणसभा कृषि विकास बैंक लिमिटेड, बोडे, भक्तपुरमा बिहान ११ बजे बस्ने भएको छ । सो कम्पनीले २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ३.३६८४ प्रतिशत नगद लाभांश पारित गर्ने, आरएमडीसी लघुवित्तसँग मर्जरका लागि १००ः८७ को शेयर स्वैप अनुपातको अनुमोदन गर्ने,लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ । 

    त्यस्तै, आरएमडीसी लघुवित्तले होअमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १.३६८४ प्रतिशत नगद लाभांश पारित गर्ने, साना किसान विकास लघुवित्तसँग मर्जरका लागि १००ः८७ को शेयर स्वैप अनुपातको अनुमोदन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ । 


    images
    images

    Logo