काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर आईपीओ बाडँफाँट भएको छ । कम्पनीले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुमा निष्काशन गरेको आईपीओ बाडँफाटँ गरेको हो ।
हाइड्रोपावरले आज मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकोे स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७ लाख ६ हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँड गरेको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९ हजार ९ सय ९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार ५ सय १४ आवेदकहरुलार्ई जम्मा ६ लाख ७८ हजार ६ सय कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २ हजार १० कित्ता सम्म आबेदन दिने १५ हजार ४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २ हजार १० कित्ता सम्म आवेदन दिने १२ हजार १ सय १७ जना मध्ये गोलाप्रथाबाट १ सय ५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँड भएको गरेको हो ।



