images
images

बिहिबार पनि घट्यो नेप्से, १८ अंकको गिरावट


  • 247
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    बिहिबार पनि घट्यो नेप्से, १८ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन नेप्सेमा ४३ लाख ४० हजार २ सय ७० कित्ता शेयर १ अर्ब ४१ करोड रुपैयाँमा कारोवार भएको हो । बुधबार नेप्सेमा १ अर्ब ३३ करोड बराबरको कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २१३ कम्पनीमध्ये २८ वटाको शेयरमूल्य बढेको, १७९ वटाको घटेको र ६ वटाको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहमध्ये सबैको सूचक घटेको छ । 

    बिहिबार कारोवारमा आएको एउटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा मायाखोला हाइड्रोपावर रहेको छ । 

    आज एनआईसी एशिया बैंकको शेयर कारोवार सबैभन्दा उच्च छ । 


    images
    images

    Logo