काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कुल ५ लाख ४२ हजार ५ सय ८३ कित्ता आईपीओ स्थानिय बासिन्दाका लागि निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल निष्काशित आईपीओमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २ सय ९२ कित्ता आईपीओ छुट्याई बाँकी २ लाख ७१ हजार २ सय ९१ कित्ता शेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरुमा बाँडफाँट गर्ने जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मकाका लागि आवेदन दिन सकिनेछ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।



