काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव २९ विन्दुमा पुगेको छ । बुधबार २ सय ६६ स्क्रिपको १ अर्ब ३३ करोड ३७ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि काराेबार रकम भने बढेकाे छ । मंगलबार १ अर्ब २९ करोड काराेबार भएकाे थियाे ।
आज कारोबारमा आएका मध्ये ३८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६६ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनी स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज माया खोला हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्सको ६.११ प्रतिशतले बढेको छ भने एनएमबि ५० को ५.७१ प्रतिशतले बढेको छ ।



